Logo

उपेन्द्र यादवको पार्टी विभाजनको लागि मन्त्री नवलकिशोरपनि निर्वाचन आयोगमा, राज्यमन्त्री कार्की पनि पुग्दै



काठमाडौं, २३ बैशाख । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल विभाजन भएको छ । दल विभाजन गरेर नयाँ दल दर्ताको लागि ७ जना सांसद निर्वाचन आयोग पुगिसकेका छन् । अध्यक्ष यादव अमेरिका भ्रमणमा रहेको बेलामा उनको दल विभाजन भएको हो ।

अशोक राईको नेतृत्वमा दल विभाजन भएको हो । दल विभाजनको लागि वन तथा वातावरणमन्त्री समेत रहेका नवलकिशोर साह र राज्यमन्त्री दीपक कार्कीपनि निर्वाचन आयोग पुगेका छन् । दल विभाजनको लागि सांसदहरु डा. वीरेन्द्र प्रसाद महतो, प्रदीप यादवलगायत आयोगमा छन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot