Logo

नेम्बाङको मृत्युको खबर सुन्न साथ प्रधानमन्त्रीसहितका नेता शिक्षण अस्पतालमा



काठमाडौं, भदौ २६ । संविधान सभाका अध्यक्ष सुवास नेम्बाङको ७१ वर्षको उमेरमा निधन भएको छ । उनको गएराती हृदयघातबाट निधन भएको हो । उनको मृत्युको खबर सुन्न साथ शीर्ष नेताहरू अहिले महाराजगन्जस्थित शिक्षण अस्पताल पुग्नेक्रम बढेको छ ।

अहिले अस्पतालमा प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू टिचिङ अस्पताल पुगेका छन् ।

तस्बिर : राजन काफ्ले



प्रतिक्रिया दिनुहोस्