काठमाडौं, भदौ २६ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको खबरले आफूलाई मर्माहत र स्तब्ध बनाएको बताएका छन् ।
मंगलबार बिहानै हृदयघातका कारण नेम्वाङको निधन भएको खबर पाए लगत्तै ट्वीट गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।
राष्ट्रपति पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको ट्विटमा उल्लेख गरेका छन् ।
‘‘दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना प्रकट गर्दछु’’, उनले ट्विटमा लेखेका छन् ।