Logo

विभिन्न कम्पनी खडा गरेर सुन तस्करी



काठमाडौं, २७ भदौ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले कम्पनी नै खडा गरेर सुन तस्करी गरेको पाइएको बताएको छ ।

हङ्कङबाट नेपालमा सुन तस्करीका लागि विभिन्न सात वटा कम्पनी दर्ता भएको पाइएको सिआईबीले जनाएको छ ।

सिआईबीकाअनुसार लेखनाथ कार्की डोलीको नाममा दर्ता रहेको छुङ्गाक इलेक्ट्रिक सप्लायर्स, रामकुमार भुजेलको नाममा दर्ता रहेको भुजेल इलेक्ट्रिक सप्लायर्स, कुमार बहादुर भुजेलको नाममा दर्ता रहेको ह्वाडा इलेक्ट्रिक सप्लायर्स, रामबहादुर भुजेलको नाममा दर्ता रहेको पवाटी इलेक्ट्रिक सप्लायर्स, विकुन्द्र भुजेलको नाममा रहेको दोलखा इलेक्ट्रिक सप्लायर्स, दिलीप भुजेलको नाममा दर्ता रहेको रेडी ट्रेड र सरिता तामाङको नाममा रहेको सरिता सप्लायर्स सुन तस्करीका लागि खडा गरिएको पाइएको हो ।

सुन तस्करी प्रकरणमा सिआईबीले ५० जनालाई प्रतिवादी बनाएको छ । उनीहरुविरुद्ध सङ्गठित अपराध, चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउन सिआइबीले सिफारिस गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot