Logo

सुवास नेम्वाङको अन्त्येष्टिमा पशुपति आर्यघाटमा उर्लियो जनसागर (फोटोफिचर)



काठमाडौं, २८ भदौ । संविधानसभाका अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ। पशुपति आर्यघाटमा नेम्वाङको अन्त्येष्टि गरिएको हो ।

उनको अन्त्येष्टिमा हजारौंको संख्यामा पार्टीका नेता तथा कार्यकता र जनताको उपस्थिति थियो । दिवंगत नेम्वाङलाई नेपाली सेनाको एक टुकडीले १७ तोपको सलामी दिएको थियो ।

नेम्वाङको पार्थिव शरिर बालुवाटारस्थित निवासबाट पशुपति आर्यघाटसम्म शवयात्रा गरिएको थियो । नेम्वाङलाई उनका दुई छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका हुन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot