Logo

स्वास्थ्य संस्था सुरक्षा बल चाहियो : महासचिव डा. तिवारी



काठमाडौं, ३१ भदौ । नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारीले देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्नु बाध्य भएको बताएका छन् ।

‘घटना भएको एक महिना दुई दिनपछि २०-२५ जनाको जत्था आएर डाक्टरमाथि कार्यस्थलमै सांघातिक आक्रमण हुन्छ र प्रहरी-प्रशासन मूकदर्शक हुन्छ भने हामीले के गर्ने ? प्रधानमन्त्रीको अफिसबाट पक्डनु भन्ने आदेश दिएपछि बल्ल जम्मा चारजनालाई पक्राउ गरेको छ । दोषीमाथि कारबाही गर भनेर आन्दोलन गर्नुपर्ने ? राजीनामा दिनुपर्ने ? वार्तामा बस्नुपर्ने ? यो त स्वतःस्फूर्त रुपमा गर्नुपर्ने कुरा होइन र ?

कार्यस्थलमा सीडीओ र प्रहरीलाई आक्रमण भयो भने जाहेरी दिनुपर्छ र ?’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग डा. तिवारीले भने । आक्रमणकारीलाई कारबाही नगर्ने प्रहरी-प्रशासनमाथि पनि छानबिन हुनुपर्ने उनले औंल्याए ।

डाक्टरहरुले सुरक्षित र भयभीत वातावरणमा रहेर काम गर्न पाउनुपर्ने सामान्य माग राखेको पनि डा. तिवारीले बताए । उनले भने, ‘२०६६ सालमै स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था सुरक्षा ऐन बनेको छ । २०७९ मा त्यसको संशोधन आएको छ । त्यसको तत्काल कार्यान्वयन होस् भन्नु त साधारण माग हो नि । हामीले ओपीडी बन्द गरेको हो । आकस्मिक सेवा सुचारु छ । डाक्टर पनि देशको नागरिक हो । अब स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था हुनुपर् यो ।’



प्रतिक्रिया दिनुहोस्