Logo

‘संस्थागत विद्यालयका शिक्षकले पनि सामुदायिक विद्यालयको सरह सेवा सुविधा पाउन पर्छ’



काठमाडौं, ३१ भदौ । नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले संस्थागत विद्यालयमा पढाउने शिक्षकहरुको सेवा सुविधा ससामुदायिक विद्यायको सरह हुनुपर्ने बताएकी छन् ।

हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले शिक्षा ऐनमार्फत संस्थागत विद्यालयका शिक्षकहरुको पनि पेन्सन, सञ्चय कोष हुने गरी सामाजिक सुरक्षा कोषको व्यवस्था गरिनु्पर्ने बताईन् ।

‘संस्थागत विद्यालयमा पढाउने शिक्षकहरुलाई पनि न्याय हुनु्पर्छ । सामुदायिक विद्यालय सरह सेवा सुविधा हुनपर्छ । नियु्क्ति प्रक्रिया त्यसरी नै हुनपर्छ । अभिलेख राखिनुपर्छ । अनुगमन, नियमण गर्ने संयन्त्र बन्नुपर्छ । उहाँहरुको पनि हामीहरुको जस्तै पेन्सन, सञ्चय कोषको व्यवस्था हुनेगरी सामाजिक सुरक्षा कोषको व्यवस्था हुनपर्छ हामीले भनेका छौं,’– उनले भनिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot