काठमाडौं, ३१ भदौ । कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले अहिले दलहरूप्रति वितृष्णा बढेको टिप्पणी गरेका छन् । उनले भ्रष्टाचारले ग्रस्त समाजमा सुशासनको कायम हुन नसक्ने बताउँदै भ्रष्टाचारसहित समाज बनाउन जोड दिनुपर्ने आवश्यकत्ता औंल्याएका छन् ।
त्रिविको द्वन्द्व, शान्ति र विकास अध्ययन विभागले आज (आइतबार) गरेको अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘अहिले दलहरूप्रति वितृष्णा छ, सुशासनको कुरा सरकारले गरे पनि भ्रष्टाचारविहीन समाजमा मात्र सुशासन सम्भव हुन्छ ।’
उनले अहिले चारैतिर भ्रष्टाचार रहेको भन्दे सुशासन खोई भन्दै सरकारसमक्ष प्रश्नसमेत गरे । उनले सरकारको कामको प्रभावकारितामाथि पनि प्रश्न उठाए । file photo/ReportersNepal