Logo

टुँडिखेलमा नवौं संविधान दिवस समारोह (फोटोफिचर)



काठमाडौं, ३ भदौ । आज नवौं संविधान दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसैबीच काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइएको छ ।

संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवहाक प्रधानमन्त्री पूर्ण बहादुर खड्का लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

संविधान दिवसको अवसरमा टुँडिखेलमा नेपाली सेनाले आफ्नो कला कौशल प्रदर्शन गरेको थियो भने विभिन्न समुदायहरुले आफ्नो सांस्कृतिक प्रदर्शन समेत गरेका थिए ।

संविधान दिवस देशभरका सरकारी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, नागरिक समाज लगायत विभिन्न संघ÷संस्थाले विभिन्न प्रकारका कार्यक्रम अयोजना गरी मनाएका छन् ।

नेपालको इतिहासमा पहिलो पटक वि.सं.२०७२ साल असोज ३ गते मा जनताले चुनेको प्रतिनिधि रहेको संविधान सभाबाट लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको थियो । उक्त दिनको सम्झनामा हरेक वर्षको असोज ३ गते हर्षोल्लासका साथ संविधान दिवस मनाउने गरिन्छ । Photo by: Mukunda Kalikote/Reporters Nepal 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot