Logo

शिक्षकहरुको आन्दोलनले ७० लाख विद्यार्थीको पठनपाठन प्रभावित



काठमाडौं, असोज ४ । देशभरका शिक्षकहरु आन्दोलनमा उत्रिएपछि आजदेखि ७० लाख विद्यार्थीको पठनपाठन प्रभावित हुने भएको छ ।

आफ्ना माग पुरा गराउनका लागि शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आएपछि देशैभरीका सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित हुन लागेको हो । नेपाल शिक्षक महासंघले आफ्ना मागहरु सम्बोधनको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने जनाएको छ ।

‘बुधबार देशैभरीका शिक्षकहरु आन्दोलनमा सहभागी हुन अनिश्चितकालिन विद्यालय बन्द गरेर काठमाडौं पुगेका छन् । आन्दोलनको क्रममा विद्यालय बन्द भएको अवधि बिदाको दिन पढाउने व्यवस्था मिलाइएको महासंघले जनाएको छ ।
शिक्षकहरुका माग पुरा गर्न सरकार गम्भीर नभएपछि बाध्य भएर सडकमा आउनु परेको उनीहरुको भनाई छ ।

आन्दोलनको पहिलो दिन हिजो बुधबार ७० हजारको हाराहारीमा शिक्षकहरु प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले माइतीघर मण्डलामा भेला भएर नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot