Logo

शिक्षकहरुको आन्दोलन स्थगित



काठमाडौं,५ असोज । सरकराले संसद्मा पेश गरेको शिक्षा विधेयकलाई लिएर तीन दिनदेखि आन्दोलनरत देशै भरका सामूदायिक विद्यालयका शिक्षकहरुको आन्दोलन स्थगित भएको छ ।

शुक्रबार सरकरासँग सात बुँदे सहमति भएपछि शिक्षकहरुको आन्दोलन स्थगित भएको हो । आन्दोलन स्थगित भएसँगै आइतबारबाट नियमितरुपमा विद्यालय सञ्चालन हुनेछ ।

आज शिक्षा मन्त्रालयमा शिक्षा सचिव सुरेश अधिकारीसँग नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरको टोलीले वार्ता गरेको थियो । उक्त वार्तामा सात बुँदे सहमति भएको हो ।

सहमतिअनुसार नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको मर्यादाक्रम कायम गर्ने, विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका व्यवस्थाहरुमा संसदको सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद सञ्चालनसम्बन्धी मौजूदा विधि बमोजिम प्रक्रिया अगाडि बढाउन सहजीकरण गर्नेलगायतमा सहमति जुटेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot