Logo

केपी ओलीले खुलाए पुष १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउनुको रहस्य (भिडिओसहित)



काठमाडौं, ७ असोज । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पुष १० गते आफूले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउनुको रहस्य खुलासा गरेका छन् ।

हिजो (शनिबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवाले संविधानको धारा ७६ को २ अनुसारको मिलिजुली सरकार बनाउन नचाहेको स्मरण गराए ।
देउवाले ०७९को निर्वाचनपछि एकैचोटी संविधानको धारा ७६ को ३ अनुसार कांग्रेसको सरकार बनाउन खोजेको ओलीको दाबी गरे । उनले सरकार गठनको लागि देउवाले आफूहरुसँग छलफल तथा परामर्श गर्न नै नचाहेको दाबी गरे । तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूकहाँ आएर प्रधानमन्त्रीको लागि सहयोग मागेको र आफूहरुले समर्थन गरेको ओलीको भनाई छ ।
उनले पुष १० गतेको आफ्नो निर्णय गलत नभएको पनि जिकिर गरे । उनले प्रधानमन्त्री प्रचण्डलाई आफ्नो गठबन्धनमा राख्न नसक्नु आफ्नो असफलता भन्न नमिल्ने पनि टिप्पणी गरे । बरु, प्रचण्डले नै आफूहरुलाई धोका दिएको उनको दाबी छ ।
उनले आफूहरु र माओवादीबीच सहकार्यको कुनै सम्भावना नरहेको पनि खुलासा गरे ।

उनले पुष १० गते विकल्प नै नभएको कारणले प्रचण्डलाई प्रधानमन्त्री बनाएको दाबी गरे । कांग्रेसको गलत नीतिको शिकार देश भैरहेको उनको आरोप छ । उनले अहिले देशमा निकम्मा सरकार चलेको र प्रमुख दल भएर नेपाली कांग्रेस निरीह भएको पनि टिप्पणी गरे । उनले आफूले देउवासँग वार्ता नै नगरेको स्पष्ट पारे । अध्यक्ष ओलीले माओवादी केन्द्रसँग अब सहकार्य नगर्ने पनि जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot