Logo

दाङमा रात्री बस दुर्घटना, २५ बढी यात्रु घाइते



काठमाडौं, असोज ९ । दाङमा रात्री बस दुर्घटनामा परेको छ । पुर्व–पश्चिम राजमार्गको लमही नगरपालिका(९ शिवखोलामा काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख०३६२ नम्बरको यात्रुबाहक आज बिहान दुर्घटनामा परेको हो ।

इलाका प्रहरी कार्यालय अमेलियाका अनुसार दुर्घटनामा परी २५ जना भन्दा बढि यात्रु घाइते भएका छन् । बसका ४५ जना यात्रु सवार थिए ।

घाइतेहरुको उद्दार गरेर उपचारको लागि पठाउने काम भइरहेको छ । गम्भीर घाइतेहरुलाई उपचारको लागि लमही अस्पताल लगिएको छ । दुर्घटनाको कारण भने अझै खुलिसकेको छैन ।



प्रतिक्रिया दिनुहोस्