शिलाजितलाई प्रकृतिले दिएको अमूल्य उपहार मानिन्छ । जसले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत पुर्याएको छ । शारीरिक तथा मानसिक शक्ति बढाउन शिलाजितको प्रयोग गरिदै आएको पाईन्छ । शिलाजित हिमालका चट्टानहरुमा मात्र पाइन्छ र चट्टानहरुबाट निकालिएको शिलाजित सबैभन्दा राम्रो हुन्छ । शिलाजितमा ८५ प्रकारका अलग-अलग खनिज पदार्थहरु पाईने बताईएको छ । यसको प्रयोग १२ वर्षदेखि माथि जुनसुकै उमेर समुहका मानिसहरुले गर्न सकिने विभिन्न अध्ययनले जनाएका छन् ।
शिलाजितमा फुल्भिक एसिड सबैभन्दा बी मात्रामा पाईन्छ । शिलाजितलाई तातो पानी वा दुधमा मिसाएर प्रयोग गर्न सकिन्छ । यसको प्रयोग खाना खानुअघि वा कुनैपनि खानेकुरा खानुभन्दा आधा घण्टा पहिले प्रयोग गर्नुपर्दछ । शिलाजितको प्रयोग गर्भवती महिलाहरुले, १२ वर्षभन्दा मुनिका बच्चाहरुले, आइरनको मात्रा बढि भएका व्यक्तिहरुले, हाई ब्लड प्रेसर भएका व्यक्तिहरुले शिलाजितको प्रयोग गर्नुहुदैन ।
शिलाजितको प्रयोगले हाम्रो शरीरमा हुने फाईदाहरू
१. शिलाजितमा क्याल्सियम, म्याग्नेसियम, निकल र स्ट्रन्टियम पाइन्छ । जसको प्रयोगले हड्डीलाई मजबुत बनाई अर्थराइटिसलाई समेत राहत मिल्ने गर्दछ ।
२. शिलाजितमा पाइने भिटामिन बि, कपर र फुल्भिक एसिड पाइन्छ जसले इम्युन सिस्टमलाई मजबुत बनाउछ ।
३. शिलाजितको प्रयोगले शरीरमा लागेका चोटपटकहरु छिटो निको हुन मद्दत गर्दछ ।
४. शिलाजितको प्रयोगले मानिसको शरीरमा शक्ति प्रदान गर्दछ ।
५. शिलाजितमा आइरनको मात्रा अधिक हुन्छ । जसले शरीरको नशालाई अक्सिजनको गतिलाई बढाउछ र नशाको कमजोरी, कलेस्टेरोल वा ब्लकेजको समस्यालाई नियन्त्रण गर्न मद्दत गर्दछ ।
६. शिलाजितकमा एन्टिअक्सिडेन्ट अधिक मात्रामा पाइन्छ । जसले अनुहारको फ्रिरेडिकल्स हटाइ सुन्दर र जवान बनाउन मद्दत गर्दछ ।
७. शिलाजितमा पाइने म्याग्नेसियम रगतमा ग्लुकोजको लेबललाई नियन्त्रण गर्दछ ।
८. शिलाजितको प्रयोगले हाम्रो दिमागमा सोच्ने र सम्झनसक्ने क्षमता बढ्छ र कुनैपनि कुराहरु याद राख्न मद्दत गर्दछ ।
९. यसको प्रयोगले महिलाहरुमा रगत धेरै बग्ने, पेट दुख्ने जस्ता समस्याहरुमा मद्दत गर्दछ ।
१०. शिलाजितको प्रयोगले स्ट्रेस, डिप्रेसन र एन्जाइटी भएका व्यक्तिहरुलाईसमेत फायदा गर्दछ ।