Logo

प्रधानमन्त्री प्रचण्ड आज मानसरोवर जाँदै



काठमाडौं असोज ११ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदै छन्। चीनको औपचारिक भ्रमणमा रहेका उनी बुधबार तिब्बतको ल्हासा पुगेका थिए ।

प्रधानमन्त्री दाहाल कैलाश पर्वतको भ्रमणका लागि अहिले केहिबरेमा तिब्बत एयरलाइन्सबाट ल्हासाको गङ्गा विमानस्थल पुग्नेछन्।

बुधबार ल्हासा पुगेका प्रधानमन्त्री दाहालले विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकन गरेका छन् । प्रधानमन्त्री दाहाल गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्