Logo

‘लोकतन्त्र बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण’



काठमाडौं, १३ असोज । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले लोकतन्त्र बलियो बनाउनमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनका संस्थापक अध्यक्ष विश्वनाथ अधिकारीको १२औँ पुन्यतिथिमा प्रेस युनियन चितवन शाखाले आज काठमाडौँमा आयोजना गरेको शोकसभामा नेता केसीले पत्रकारितामार्फत सत्यतथ्य सूचना सम्प्रेषण गरी लोकतन्त्रलाई बलियो बनाउन सहयोग पुर्‍याउने बताएका हुन् ।

“सत्य, तथ्य र विश्वसनीय समाचारले मात्र लोकतन्त्र बलियो बन्नसक्छ, उत्तेजना र आवेगमा आएर कसैको चरित्रहत्या गर्नुहुँदैन,” नेता केसीले भने। उनले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारभूत तत्व भएकाले यसको संरक्षणमा कांग्रेस लाग्ने प्रतिबद्धता जनाए ।

नेता केसीले पत्रकारिताको माध्यमबाट सञ्चारकर्मीले मुलुकको परिवेशको उजागर गरेकोमा प्रसंशा गर्दै आगामी दिनमा लोकतन्त्रको पक्षमा कलम चलाउन आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot