Logo

मूल्यवृद्धि फिर्ता लिन सरकारलाई दबाब, आकस्मिक मन्त्रिपरिषद बैठक बस्दै



काठमाडौं, असोज १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका छन् । इन्धनमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारलाई दबाब बढेपछि आवश्यक छलफलका लागि अहिले १२ः ३० बस्नेगरी आकस्मिक मन्त्रिपरिषद बैठक बोलाइएको छ ।

नेपाल आयल निगमले शनिबार राती १२ बजेदेखि .खाना पकाउने ग्यासलगायत इन्धनमा मूल्यवृद्धि गरेपछि नागरिक समाजका अगुवा, उपभोक्ता अधिकारकर्मी, युवा नेता, विद्यार्थी, कलाकार, लेखक तथा पत्रकारलगायतले महँगी नियन्त्रण गर्न र मूल्यवृद्धि फिर्ता लिन दबाब दिएका छन् ।

सामाजिक सञ्जालमार्फत उनीहरुले चाडपर्वको मुखमा उपभोक्तालाई सहुलियत दिएर आफ्नो दायित्व पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । विपक्षी र सत्तारुढ दलकै नेताहरुले पनि महँगी नियन्त्रण हुन नसकेको भन्दै टिप्पणी गरेका छन् ।

गएरातिदेखि लागू हुने गरी खाना पकाउने ग्यास, पेट्रोल, मट्टीतेल र हवाई इन्धनको भाउ बढेको छ । ग्यास प्रतिसिलिण्डर दुई हजार एक सय १० रुपैयाँ पुगेको छ । यस्तै, पेट्रोल लिटरमा दुई रूपैयाँ, डिजल र मट्टीतेलमा ६ रूपैयाँ तथा हवाई इन्धनमा प्रतिलिटर ८ रुपैयाँ बढेको छ ।



प्रतिक्रिया दिनुहोस्