Logo

सात दलको बैठक सुरु



काठमाडौं, असोज १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित संसदमा मान्यताप्राप्त सात दलका शीर्ष नेताहरूबिचको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री प्रचण्डले बोलाएको सात दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण, प्रतिनिधि सभा बैठक सञ्चालन, सुन तस्करी प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोग गठन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

यसअघि आज बिहान बसेको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तापक्ष र नेकपा एमालेबीचको बैठक सकारात्मक भएको बताइएको छ ।

बैठकमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोग आजै गठन गर्ने विषयमा सकारात्मक छलफल भएको र आज नै आयोग निर्माण हुने गरी कार्यादेश तयार गर्ने सहमतिको नजिक पुगेको नेकपा एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।

आजको संसद् बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने र सदन चल्नुअघि नै उच्चस्तरीय जाँचबुझ आयोग घोषणाको तयारी भइरहेको पनि सचेतक बर्तौलाको भनाई छ ।

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेसबाट उपसभापति एवं उपप्रधान तथा गृहमन्त्री पूर्णबहादुर खड्का, एमालेबाट अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पौडेल र सचेतक महेश बर्तौलाबीच, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, र मुख्य सचेतक हितराज पाण्डे सहभागी रहेका थिए।



प्रतिक्रिया दिनुहोस्