Logo

भारतविरुद्धको खेलमा नेपाललाई एकपछि अर्कौ गर्दै चौथो सफलता



काठमाडौं, असोज १६ । १९ औँ एसियन गेम्सको पुरुष क्रिकेटमा नेपाललाई चौथो सफलता भेटेको छ। सय रन बनाएका भारतका यशस्वी जयसवाललाई नेपालले आउट गरेको छ। अविनाश बोहराको बलिंगमा दिपेन्द्रसिंह ऐरीले उनलाई आउट गरेका हुन्।

क्वार्टरफाइनल खेलमा पहिले ब्याटिङ गरिरहेको भारतको पहिलो नम्बरमा मैदान उत्रेका जयसवालले मात्र ४८ बलमा सय रन पुरा गरेका हुन्।

उनले ८ चौका र ७ छक्काको सहयोगमा सय रन पुरा गरेका हुन्। एसियन गेम्समा उनको पहिलो सेञ्चुरी हो। भारतले हालसम्म १६ ओभर खेल्दै ४ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको छ।

यसअघि नेपालका सोमपाल कामीले भारतीय ब्याट्सम्यान तिलक वर्मालाई आउट गर्दै नेपाललाई तेस्रो सफलता दिलाएका थिए । यस्तै नेपालका सन्दिप लामिछानेले भारतीय ब्याट्स म्यान जितेश शर्मालाई आउट गर्दै दोस्रो र दिपेन्द्रसिंह ऐरीले नेपालका लागि पहिलो विकेट लिदै नेपाललाई पहिलो सफलता दिलाएका थिए । ऐरीले रुतुराज गाइक्वाडलाई आउट गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्