Logo

सर्वोच्च परिसरमै ढलेकी भारतीलाई उपचारका लागि वीर अस्पताल लगियो



१७ असोज, काठमाडौं । रिगल भनिने योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती मानन्धर सर्वोच्च अदालत परिसरमै ढलेकी छन् ।

आफ्ना श्रीमान चेतन मानन्धरको हत्या आरोपमा जेल सजाय भोगिरहेका ढकाललाई संविधान दिवसको अवसरमा राष्ट्रपतिले आममाफी दिएपछि प्रतिवादमा उत्रिँदै आजबाट आमरण अनशन थालेकी उनी सर्वोच्च परिसरमा न्याय माग्न पुगेकी थिईंन । सर्वोच्च परिसरमा पुग्नासाथ उनी बेहोस भएर ढलेपछि उपचारका लागि अस्पताल लगिएको छ । उनलाई वीर अस्पतालमा लगिएको छ ।

२०७२ साल असार २९ गते दुई समूहबीच झडप हुँदा नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो । उक्त हत्या योगराजले गरेका थिए । उक्त घटनापछि फरार रहेका ढकाल २०७३ सालमा अदालतमा आत्मसमर्पण गर्न उपस्थित भएका थिए । त्यसपछि २०७५ बैशाखमा बाँके जिल्ला अदालतले सर्वस्वसहित जन्म कैदको सजाय तोकेपछि कारागार चलान भएका थिए ।

नेपाली कांग्रेस निकट तरुण दलका नेतासमेत रहेका ढकाललाई संविधान दिवसको अवसरमा सरकारको सिफारिसा राष्ट्रपतिले आममाफी दिएका थिए । उनी कैद सजाय पूरा नहुँदै जेलबाट रिहा भएपछि मानन्धरकी श्रीमती भारतीले मंगलबार रिपोर्टर्स नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै ढकाललाई तत्काल कारबाही गर्न माग गरेकी थिईन् । आफ्नो माग पूरा नगरे आजबाट आमरण अनशन बस्ने उनले चेतावनी दिएकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्