Logo

राष्ट्रसङ्घका महासचिव गुटर्रेस नेपाल आउँदै



काठमाडौं, असोज १८। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेस नेपाल भ्रमणमा आउँदैछन् । गत भदौ २९ गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्न प्रधानमन्त्री ‘प्रचण्ड’ अमेरिका भ्रमणमा गएका बेला महासचिव गुटर्रेसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।

प्रधानमन्त्री ‘प्रचण्ड’ ले मङ्गलबार नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा संयुक्त राष्ट्रसङ्घका महासचिव गुटर्रेसले नेपाल भ्रमण गर्न लागेको जानकारी दिएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बताए। “प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घका महासचिव गुटर्रेसलाई नेपाल भ्रमणको निम्तो दिनुभएको जानकारी दिनुभयो । उहाँले असोज २६ गते नेपाल आउने गरी निम्तो दिनुभएको छ,” पौडेलले भने, “नेपालको शान्ति प्रव्रिmयालगायत अन्य विविध विषयमा महत्वपूर्ण छलफल हुने छ ।”

असोज २६ गतेदेखि तीन दिन महासचिव गुटर्रेस नेपालमा रहने बताइएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिवको नेपाल भ्रमणका विषयमा परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot