Logo

शेखर कोइरालाले भने : कांग्रेसकै नेतृत्वमा सरकार आवश्यक भैसकेको छ



काठमाडौं, १८ असोज । नेपाली कांग्रेसका शीर्ष नेता डा. शेखर कोइरालाले आफ्नै पार्टीको नेतृत्वमा सरकार आवश्यक भैसकेको औंल्याएका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले राम्रो काम गर्न नसकेको आरोप लगाए । उनले सत्ता गठबन्धनको मुख्य शक्ति नेपाली कांग्रेसलाई समेत बेवास्ता गरेर एकल निर्णय लिईएकोले अहिले समाजमा अराजकता बढेको आरोप लगाए ।

हिजो (बुधबार) कपिलवस्तुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो आरोप लगाएका हुन् । उनले भनेका थिए,‘अहिले कांग्रेस नेतृत्वको सरकार आवश्यक भइसकेको छ । सरकार या सच्चिनुपर्यो, या छाड्नुपर्यो अर्को विकल्प छैन । कांग्रेस नेतृत्वको सरकार आवश्यक परिसकेको छ । तर, हाम्रो साथीहरुलाई चाहिएको छैन गर्ने के ? हामी कसैको इशारामा हिँड्नु भएन । हाम्रो हाम्रो खुट्टामा उभिएर हिँड्ने आँट गर्नुपर्छ । सरकार सच्चिनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्