Logo

शिक्षा विधेयक संविधानसम्मत छैनः ठाकुर गैरे



काठमाडौं, १९ असोज । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य ठाकुर प्रसाद गैरेले प्रतिनिधि सभामा टेबल भएको शिक्षा विधेयक संविधानसम्मत नरहेको आरोप लगाएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभा बैठकमा विद्यालय शिक्षा विधेयकको छलफलमा भाग लिँदै उनले विधेयकले राईट टू एजुकेशनको संवैधानिक ग्यारेन्टीलाई उल्लङ्घन गरेको आरोप लगाएका हुन् ।

‘यो विधेयक नेपालको संविधानसम्मत छैन । यो विधेयक आजको समस्या समाधान गर्ने गरी आउन पथ्र्यो त्यो समाधान छैन । यसले आशा, भरोसा र विश्वास जागृत गर्नपथ्र्यो, त्यसो गर्न सकेको छैन । देशको लागि आवश्यक जनशक्ति उत्पादन गर्ने, विश्व बजारको प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने र हाम्रो संविधान बमोजिम समाजवादी लक्ष्य तय गर्ने त्यो दिशासहितको शैक्षिक नीति आउन आवश्यक थियो । तर, त्यो आउन सकेन ।’ उनले भने, ‘हाम्रो संविधानले आधारभूत तहको शिक्षालाई अनिवार्य र निःशुल्क र माध्यामिक तहको शिक्षा निःशुल्क भनेको छ । विधेयकले राईट टू एजुकेशनको संवैधानिक ग्यारेन्टीलाई उल्लङ्घन गरेको छ ।’

संविधान उल्लङ्घन गरेको र संविधानसम्मत नभएको विधेयकमाथिको सदनमा छलफल हुनुले नै प्रश्न चिन्ह खडा भएको उनले बताए ।

विधेयकले संविधानले प्रदत्त गरेको ट्रेड युनियन अधिकार, मान्छेको राजनीतिक अधिकारलाई समेत बन्देज गर्ने खोजेको उनको आरोप छ । विधेयकले शिक्षकहरु संविधान बमोजिम चलेनन् भनेर सम्पूर्ण दोष शिक्षकमाथि थुपर्ने कोशिस गरेको भन्दै उनले आपत्ति जनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot