Logo

सुदूरपश्चिम विश्वविद्यालयमा आज शोक बिदा



काठमाडौं, असोज २३ । सुदूरपश्चिम विश्वविद्यालयले इजरायलमा आफ्नो विद्यार्थी मारिएपछि आज शोक बिदा दिएको छ ।

विश्वविद्यालयले आफ्ना सम्पूर्ण निकायमा आज शोक बिदा दिदै शोक सभा आयोजना गर्ने जनाइएको छ । सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्कायबाट इजरायल सरकारको लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत ४९ जना विद्यार्थी गत भदौमा इजरायल गएका थिए । असोज २० गते भएको प्यालेस्टाइनको आताङ्कवादी समूह हमासको आक्रमणमा परी १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुदूरपश्चिम प्रदेशका मात्रै सात जना रहेका छन् । अन्य विद्यार्थीको उद्धार गरेर सुरक्षित स्थानमा सारिएको छ ।

१० जना विद्यार्थीको मृत्युले विश्वविद्यालय परिवार मर्माहत भएको सुदूरपश्चिम विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले जनाएको छ । यस घट्नाले विश्वविद्यालय परिवारभित्र मात्र नभई सिङ्गो शैक्षिक क्षेत्र एवम् राष्ट्रियस्तरमै अपूरणीय क्षति भएको रजिस्ट्रार प्राध्यापक यज्ञराज पाठकद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ । विश्वविद्यालयले दिवङ्गत विद्यार्थीको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot