Logo

एसियाली खेलकुदमा पदक जितेका नेपाली खेलाडी स्वदेश फिर्ता



काठमाडौं,२३ असोज । चीनमा हालै सम्पन्न भएको १९औं एसियाली गेम्समा सहभागी भएको नेपाली टिम स्वदेश फिर्ता भएको छ ।

एक रजत र एक कांस्य पदक विजेता नेपाली खेलाडीलाई मंगलबार भव्य स्वागत गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेपका पदाधिकारीसहित खेलकर्मी लगायतले स्वागत गरेका हुन् ।

एसियाडमा करातेकी एरिका गुरुङले रजत र महिला कवड्डी टोलीले कास्य पदक जितेको थियो।

एसियाडमा कराते र कवड्डीले पहिलो पटक पदक जितेका हुन्। एरिकाले महिला ६८ केजी तौल समूहमा रजत पदक जित्दै इतिहास रचिन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot