Logo

एमाले सुदूरपश्चिममा जैसीलाई सर्वसम्मत अध्यक्ष बनाउन ब्याक भए कमल



काठमाडौं,२४ असोज । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको नेतृत्व सर्वसम्मत रुपमा चयन गर्न भन्दै अध्यक्षका प्रत्याशी कमल तिमिल्सिनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

अध्यक्षका अर्का प्रत्यासी कृष्णप्रसाद जैसीलाई सर्वसम्म रुपमा अध्यक्ष बनाउन उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारी फिर्ता लिएका तिमिल्सिनालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गर्ने समझदारी बनेको बताइएको छ ।

सहमतिकै आधारमा नेतृत्व चयन गर्नकै लागि मंगलबारका लागि तोकिएको निर्वाचन कार्यक्रम आज दिउँसो २ बजेसम्म स्थगित भएको छ । सहमति खोज्नकै लागि निर्वातन प्रक्रिया लम्बाईएको नेताहरु बताउँछन् ।

अध्यक्षका प्रत्यासी तिमल्सिनाले मनोनयन फिर्ता लिएपनि भरत साउद र बचनबहादुर सिंहले भने उम्मेदवारी कायमै राखेका छन् । उनीहरुले स्वस्थ प्रतिस्पर्धा गर्न पाउनुपर्ने बताउँदै आएका छन् । शीर्ष नेताको सहमित र परामर्शमा एमालेले सर्वसम्मतीको खाका तयार पारेको छ । जसअनुसार अध्यक्षमा कृष्णप्रसाद जैसी, उपाध्यक्षमा कालिबहादुर शाही, सचिवमा रणबहादुर चन्द तथा उपसचिवद्धयमा नेपालु चौधरी र कलसा महराको नाम समावश गरिएको छ ।

उक्त नामहरु केन्द्रीय अध्यक्ष केपी शर्मा अ‍ोली, महासचिव शंकर पोखरेल, सचिव लेखराज भट्ट, प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, नेताहरु दामोदर भण्डारी,कर्ण थापा र लालबहादुर थापासँगको सल्लाहमा तयार पारिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot