Logo

राहुलबारे भीमकान्तको बयान: घाँसको व्यापारमा साझेदारी गरौं भनेका हुन्, त्यसबाहेक अन्य सम्बन्ध छैन



काठमाडौं,२४ असोज । गत वर्षको पुसमा दुबईहुँदै विद्युतीय चुरोटभित्र राखेर नेपाल ल्याईएको ९ किलो सुन प्रकरणमा जोडिएका विध ल्यावका सञ्चालक भीमकान्त भण्डारीले उक्त प्रकरणमा आफ्नो कुनैपनि संलग्नता नरहेको भन्दै इन्कारी बयान दिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)लाई भण्डारीले दिएको बयानमा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरासँग २०७४ सालमा मात्रै आफ्नो चिनजान भएको उल्लेख गरेका छन् ।

‘म २०७४ सालतिर अर्थमन्त्रालयमा नासु पदमा कार्यरत रहदा जिज राहुल महरा भन्ने रेशम महरा समते तत्कालीनअर्थमन्त्री कृष्णबहादु महराको पिए भएको कारणले निजसँगसँगै काम गरेको हुनाले सामान्य चिनजान भएको हो । २०७८ साल देखि म जागिर छोडेर ठेक्का पट्टा तथा मेडिकल ल्याब संचालन गर्दै आएका छु ।’ । भण्डारीले आफ्नो बयानमा भनेका छन् ।

उनले राहुलसँग कहिलेकाँही उनका बावुसँग भेटगर्न र पार्टी राजनीतिको बारेमा कुरामात्रै हुने गरेको उल्लेख गरेका छन् । उनले राहुले २०७९ सालमा साईलेज घाँसको व्यापार गरौं भनेर प्रस्ताव गरेको तर,आफूसँग रकम नभएको कारण व्यापारिक साझेदारी बन्न नसकिएको उल्लेख गरेका छन् ।

भण्डारीले भनेका छन् ‘पछिल्लो समय २०७९ सालको पुसतिर निज राहुलले
साईलेस घासको व्यापारमा साझेदारी गरौ भन्ने प्रस्ताव लिएर आएका थिए, सो समय म सगँ रकम नभएको हुनाले निजसगँ सो काममा साझेदारी हुन् सकेन’ । महरा सगँ मेरो बेलाबेलामा फोनमा कुराकानी भई आएको हो । यसका अलावा अन्य विषयमा कुराकानी भएको छैन’ ।

उनले राहुलको भेपमा राखेर सुन तस्करी प्रकरणमा संलग्नता रहेको खबरपनि सञ्चार माध्ययमबाट जानकारी पाएको उल्लेख गरेका छन् । उनले संलग्नता पुष्टि भएमा राहुललाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot