Logo

कोशीको मुख्यमन्त्रीको रेसमा तटस्थ बस्ने राप्रपाको निर्णय



काठमाडौं,२६ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशी प्रदेशको मुख्यमन्त्रीमा कसैको पक्ष नलिने भएको छ ।

आज बसेको पदाधिकारी बैठकले पार्टीको समर्थन कसैलाई पनि आवश्यक नपरेकाले अहिले तटस्थ बस्ने निर्णय लिएको हो ।

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्की र माओवादीका इन्द्र आङ्बोले दाबी पेश गरेका छन् । कार्कीले कांग्रेसका ९ र एमालेका ३९ सांसदको समर्थनमा दाबी पेश गरेका हुन् । भने, आङ्बोले ४ दलका संसदीय दलका नेताले गरेको समर्थनका आधारमा दाबी पेश गरेका हुन् ।

प्रदेश सभामा बिहीबार सम्म निर्णायक देखिएको राप्रपाका ६ सांसद छन् । ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीका लागि दाबी गर्न ४७ प्रदेशसभा सदस्य चाहिन्छ। कार्कीको समर्थनमा एमालेका ३९ र कांग्रेसका ९ जना गरेर ४८ जना प्रदेशसभा सदस्य देखिएका छन्। संविधान र सर्वोच्चको फैसला अनुसार कार्की मुख्यमन्त्री बन्ने देखिन्छ।



प्रतिक्रिया दिनुहोस्