Logo

ब्रम्हायणी मेलासँगै भक्तपुरमा नवरात्र सुरु



भादगाउँ (भक्तपुर), २८ असोज । आश्विन शुक्ल प्रतिपदाको दिनदेखि भक्तपुरमा नवरात्र पनि सुरु भएको छ ।

नवरात्रको समयमा नौ दिनसम्म क्रमशः भक्तपुरको ब्रम्हायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी मन्दिरमा दर्शनका लागि दर्शनार्थीको घुइँचो लाग्ने गर्छ ।

नवरात्रका अवसरमा आज भक्तपुरको ब्रम्हायणी शक्तिपिठमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आजको दिन घरघरको पूजाकोठामा दुर्गा भवनीलाई आह्वान गरी जमरा राख्न ब्रम्हायणी घाटमा स्नान गरी ब्रम्हायणी देवीको पूजाआरधना गरी जमरा राख्न पाँगो माटो र खोलाको जल लिन भक्तजनको घुइँचो लागेको हो ।

आजैदेखि शक्तिपिठबाहेक भक्तपुरको दरबार स्क्वायरको तलेजु र काठमाडौँस्थित एकान्त कुमारी देवगृहमा पनि मेला लागेको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot