Logo

विष्णुविक्रान्त (वामनदेव) को मूर्ति व्यवस्थित गर्न मन्दिर बनाइँदै



काठमाडौँ, १४ जेठ । पशुपति क्षेत्रका मूर्तिमध्ये तिथिमिति अङ्कनका आधारमा सबैभन्दा प्राचीन मानिएको विष्णुविक्रान्त (वामनदेव) को मन्दिर बनाइने भएको छ । एक हजार ७०० वर्षअघि बनाइएको यो मूर्ति तिथिमितिका आधारमा पशुपति क्षेत्रकै पुरानो मानिन्छ ।

काठमाडौँ महानगरपालिका–८ तिलगङ्गास्थित सडक किनारमा अलपत्र मूर्तिमाथि फोहर फाल्ने, ढलले डुब्नेजस्ता समस्या हुन थालेपछि मन्दिर बनाएर संरक्षण गर्न लागिएको वडाध्यक्ष आशामान सङ्गतले जानकारी दिए ।

सातौँ शताब्दीमा बनेको लिच्छविकालीन मूर्तिको थप वास्तविकता भने उत्खनन् गरेर सुरक्षित गरेपछि थाहा हुने उनले सुनाए । “मन्दिर बनाउन आजै मूर्ति निकालेर पशुपति क्षेत्र विकास कोषको कार्यालयमा सुरक्षित राखिनेछ, मूर्ति निकाल्दा कोष, पुरातत्व विभाग, संस्कृतिविद्को पनि उपस्थिति रहनेछ”,वडा अध्यक्ष सङ्गतले भने ।

वडा कार्यालयको करिब १० लाख लागतमा मन्दिर निर्माण गर्न लागिएको हो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot