Logo

युवालाई व्यवसायिक कृषिसँग जोडेमात्रै मुलुकमा समृद्धि सम्भव छः केपी ओली



काठमाडौं, २८ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले देशको समृद्धिका लागि युवालाई कृषि उत्पादनसँग जोड्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

आज (आईतबार) प्युठानको नौवहिनी गाउँपालिकाको नवनिर्मित प्रशासनीक भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले उनले देश विकासको पहिलो आधारनै कृषि भएको बताएका हुन् । उनले देशमै रोजगारी सिर्जना गरेर विदेशिने युवालाई देशमै रोक्नका लागि कृषि क्षेत्रको प्रवर्धन आवश्यक रहेको बताए ।

‘ग्रामीण क्षेत्रसम्मै कृषिलाई प्राथमिकता दिएर काम गरे रोजगारी सिर्जना हुन्छ । आर्थिक समृद्धिविना देशको विकास हुँदैन । युवालाई व्यावसायिक कृषिमा जोड्न सके समृद्धि सम्भव छ,’– ओलीले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्