Logo

प्रधानमन्त्री प्रचण्ड १ घण्टापछि डिस्चार्ज हुँदै, एन्जिओग्राफीको रिपोर्ट नर्मल



काठमाडौं, ३० असोज । स्वास्थ्यमा असहज महसुस गरेर नर्भिक अस्पताल पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालको सबै रिपोर्ट नर्मल आएको छ । उनी एक घण्टाभित्रै अस्पतालबाट डिस्चार्ज हुने उनको उपचारमा खटिएका बरिष्ठ मुटुरोग विशेषज्ञ डा. शिवजी विक्रम सिलवालले जानकारी दिए ।

प्रधानमन्त्री दाहाल छातीको दुखाई (असहज महशुस) गरेर अस्पताल पुगेका थिए । डा. सिलवालका अनुसार प्रधानमन्त्री दाहालको एन्जिओग्राफी गरिएको थियो । जसको रिपोर्ट नर्मल आएकोले एक घण्टाभित्रै डिस्चार्ज गरिने उनको भनाई छ ।

हार्ट एट्याकजस्तो सिम्टम देखिएपछि प्रधानमन्त्री दाहाल अस्पताल पुगेको बताईएको छ । तर, मुटुसम्बन्धी सबै रिपोर्ट नर्मल आएको छ । प्रधानमन्त्री दाहालका सचिवालयका सदस्य रमेश मल्लले पनि प्रधानमन्त्री दाहाल आजै निवास फर्किने जानकारी गराएका छन् । प्रधानमन्त्री दाहालको स्वास्थ्य सामान्य रहेको उनको भनाई छ । File Photo



प्रतिक्रिया दिनुहोस्