काठमाडौं, कार्तिक ३ । धनगढीबाट बझाङ जादै गरेको कर्णाली रिभर यातायातको १९८३ नम्बरको बस आज विहान ठूलो दुर्घटनाबाट जोगिएको छ । बझाङको जयपृथ्वी नगरपालिका ७ सुबेडा खड्केतोला नजिकै बस स्लिप खाएर भिरमा अड्केको हो ।
बझाङको चैनपुर पुग्दै लागेको सो बसमा १५ जना यात्रु रहेका थिए ।अहिले गाडी निकाल्ने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार उक्त ठाउँमा सडक साघुरो रहेको बसको एउट पाङ्ग्रा लिक भन्दाबाहिर गएकाले निकाल्ने प्रयास भइरहेको छ । अहिले उक्त मार्ग भएर गुड्ने सवारी आवागमन ठप्प रहेको छ ।