Logo

अन्ततः फुट्यो एनआरएनए, आरके शर्माको नेतृत्वमा समानान्तर समिति घोषणा (सूचिसहित)



काठमाडौं, ५ कार्तिक । गैरआवासीय नेपाली संघ (एनआरएन) विभाजित भएको छ । संघको ११औँ विश्व सम्मेलनमा नेतृत्वको लागि भएको मतदानमा धाँधली भएको भन्दै अध्यक्षका दुई उम्मेद्वार आरके शर्मा र महेश श्रेष्ठले परीणाम अस्विकार गर्ने घोषणा गरेका थिए । निर्वाचित बद्री केसीको टिमले पद तथा गोपनियताको शपथ लिएसँगै कार्यभार पनि सम्हालिसकेको छ ।

उता, आरके शर्माको नेतृत्वमा समानान्तर कमिटी घोषणा भएको छ । होटल हिमालयमा हिजो (शनिबार) अबरे पत्रकार सम्मेलन गरे सो समूहले समानान्तर समिति घोषणा गरेको हो । शर्मा नेतृत्वको समानान्तर कार्यसमितिमा उपाध्यक्षहरुमा डा. केशव पौडेल, गोविन्द श्रेष्ठ, खगेन्द्र न्यौपाने, गंगाधर गौतम, सुनिल शाह, विजय मोक्तान र गणेश केसी रहेका छन । त्यस्तै, महिला उपाध्यक्षमा रोजिना प्रधान र युवा उपाध्यक्षमा अब्दुल वासिद रहेका छन् ।

महासचिवमा बुद्धीसागर सुवेदी छन् । उपमहासचिवमा सोम सापकोटा र प्रमोद सिटौला छन् । त्यस्तै, सचिवमा लोकप्रसाद दाहाल, कृष्ण जीवी पन्त, टंक गैरे, दयानिधि सापकोटा, राम पोखरेल र केपी सिटौला छन् । कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना रहेका छन् भने सह कोषाध्यक्षमा तिलक गैरे, मोहम्मद मुसलमान, सीपी पौडेल र कृष्ण तिम्सिना छन् । यसैगरी महिला सचिवमा विमला सापकोटा, महिला सह कोषाध्यक्षमा तृष्णा शर्मा काफ्ले, युवा संयोजकमा रविन अधिकारी तथा महिला संयोजकमा देवीका केसी गुरुङ रहेका छन् । शर्माले आफू नेतृत्वको यही कार्यसमिति नै आधिकारिक रहेको दाबी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot