Logo

जनयुद्ध दिवस सहिद, बेपत्ता र घाइतेहरुप्रति उच्च सम्मान हो : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, ९ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णयको बचाउ गरेका छन् । उनले जनयुद्ध दिवस सहिद, बेपत्ता र घाइतेहरुप्रतिको उच्च सम्मान भएको बताएका छन् ।

प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियाका बाँकी काम टुँग्याउने विद्येयक सदनमा पुगेको उल्लेख गर्दै उक्त विद्येयक टुँगिएपछि जनयुद्धको परिपुरण, सम्मान र परिचयपत्रलगायतका काम सम्पन्न हुने विश्वास दिलाएका छन् ।

आज विभिन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुन रुकुम पश्चिम पुगेका प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले भने,”फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गरिएको छ, यो जनयुद्ध दिवस सहिद, बेपत्ता र घाइतेहरूप्रति उच्च सम्मान हो। यसपटक सबै सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गरिएको छ। यो सहिदहरूप्रति उच्च सम्मान हो।”

उनले सहिद परिवार, बेपत्ता योद्धा र अपाङ्ग भएकाहरूको समस्या दीर्घकालीन रूपमा समाधान हुने पनि विश्वास दिलाए । उनीहरुको लागि मासिक भत्ता लगायतका कामहरू व्यवस्थित भएको र बाँकी कामहरू पनि सम्पन्न गरिने प्रधानमन्त्री दाहालको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot