बखतियार अलि
काठमाडौं, १० कार्तिक । सर्लाहीको कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमारमाथि गोली चलाउनेलाई कारबाही गर्न मागगर्दै प्रशासनलाई ज्ञापनपत्र बुझाईएको छ ।
अध्यक्ष कुमारमाथि कार्तिक ७ गते मंगलबार राति ११ बजेतिर अज्ञात समूहद्वारा गोली प्रहार गरिएको थियो । सोही घटनाका दोषीलाई यथाशिघ्र पक्राउ गर्न प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलालाई सर्लाही २ का प्रदेश सभा सदस्यद्धय जंगीलाल राय र कौशल किशोर रायसहितका जनप्रतिनिधिहरुले आज ज्ञापनपत्र बुझाएका हुन् ।
यस्ता घटना घटाउने आपराधिक प्रवृत्तिका व्यक्तिलाई तुरुन्तै हिरासतमा लिनुपर्ने बताउँदै आफूहरुले प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलालाई ज्ञापन पत्र बुझाएको प्रदेश सभासदस्य कौशल किशोर रायले जानकारी दिए । अध्यक्ष यादवमाथि आफ्नै निजी निवास कौडेना गाउँपालिका वडा नं-२ इनर्वास्थित आफनै घरमा रातीको ११ बजे १ राउण्ड गोली प्रहार भएको थियो ।
अध्यक्ष यादवकाअनुसार रातीको खाना खाएर हात धुनेक्रममा घरको पश्चिम दीशाबाट गोली प्रहार भएको थियो । कसले र किन यस्तो आक्रमण गरेको हो, यस बारेमा आफूलाई केही थाह नभएको अध्यक्ष यादवले बताए । तर, पालिकाका एकजना कर्मचारीका अनुसार गोली चलाउने व्यक्ति को पहिचान भईसकेको छ । घटना पछिलगत्तै प्रहरी घटना स्थलमा पुगेका थिए । अज्ञात व्यक्तिद्वारा चलाएको गोलीले कुनै प्रकारको मानवीय क्षति भने भएन । आफ्नो परिवारका मानिसहरु अहिले डरत्रासमा रहेको याखवले बताए । ‘आफूले कहिल्यै पनि कसैको अहित गरेको छैन । समाजसेवामै मेरो जीवन बिति रहेको छ । मैले कस्को के बिगारेको थिए ? । जसले गर्दा मेरो हत्या गर्ने मनशायले गोली चलाउनु पर्यो’ उनले भने ।
उनले यस्ता अपराधिक घटना घटाउने व्यक्ति लाई कानुनको दायरामा ल्याउनु पर्ने बताए । प्रमुख जिल्ला अधिकारी धमलाले भने यस्ता अपराधिक घटना घटाउने व्यक्ति केही दिनमै हिरासतमा हुने दाबी गरेका छन् ।