Logo

गुटरेसको‘प्रयोजनविहीन’नेपाल भ्रमण आश्चर्यजनक छः कमल थापा



काठमाडौं,१२ कार्तिक । नेपाल भमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेसको भ्रमणलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रयोजनविहीन भएको दाबी गरेका छन् ।

चार दिने नेपाल भ्रमणको क्रममा गएराति १ बजे नेपाल आएका महासचिव गुटरेसको भ्रमणलाई पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री समेत रहेका अध्यक्ष थापाले ‘प्रयोजनविहीन’ र आश्चर्यजनक भएको टिप्पणी गरेका हुन् । उनले यस भ्रमणबाट आफू आश्चर्यजनकसमेत रहेको जनाएका छन् ।

महासचिव गुटरेसले हमास–इजरायल युद्धमा ध्यान नदिएको थापाको आरोप छ । ‘अतिथिलाई स्वागत छ तर। ‘ईजरायल–गाजा युद्धमा प्रत्येक दिन सयौं व्यक्तिहरूले ज्यान गुमाइरहेका छन्, नाकाबन्दीले लाखौंको जीवन कष्टकर भैरहेको छ,’ थापाले भनेका छन्, ‘यस्तो बेला संक्रमणकालीन न्यायको उपेक्षा गर्ने सरकारको निम्तोमा संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको ‘प्रयोजनविहीन’ नेपाल भ्रमण आश्चर्यजनक छ ।’

४ दिने नेपाल भ्रमणमा आइपुगेका महासचिव गुटेरेस आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नेछन् ने उनको सम्मानमा सोल्टी होटलमा रात्रि भोजको समेत आयोजना गरेका छन् ।

चार दिने नेपाल भ्रमणको क्रममा महासचिव गुटरेसले उच्चस्तरीय भेटवार्ता गर्नेछन् । उनी नाम्चे, पोखरा, अन्नपुर्ण बेस क्याम्प, लुम्बिनी पुग्ने कार्यक्रमसमेत छ ।

महासचिव गुटरेसले मंगलबार भने संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्