Logo

अभ्यासका क्रममा दीपेन्द्रसिंह ऐरी घाइते, सिंगापुरविरुद्धको खेल गुमाउने



काठमाडौं,१३ कार्तिक । टी-२० विश्वकप एसिया क्षेत्रको छनोटअन्तर्गत पहिलो म्याच नेपालका अलराउन्डर दिपेन्द्रसिंह ऐरीले गुमाउने भएका छन् । उनी चोटका कारण सिंगापुरविरुद्धको म्याचमा मैदानमा उत्रिन नसकेका हुन् ।

क्यान स्रोतका अनुसार अभ्यासका क्रममा दीपेन्द्रको खुट्टा मर्किएको थियो । त्यसैले अन्तिम समयमा उनी मैदानबाहिर रहने भएका हुन् ।

दीपेन्द्र नेपालका सर्वाधिक महत्वपूर्ण खेलाडी हुन् । उनको स्थानमा विवेक यादवले सिंगापुरविरुद्धको खेलमा स्थान बनाएका छन्।

अघिल्लो साता नेपालमै भएको हङकङ र युएईविरुद्धको टी-२० सिरिजमा दीपेन्द्रले उत्कृष्ट खेल देखाएका थिए। भने गत महिना चीनमा सम्पन्न १९औं एसियाडमा मंगोलियाविरुद्धको खेलमा दुर्लब विश्व कीर्तिमान कायम गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्