काठमाडौं,१३ कार्तिक । आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया क्षेत्रको फाइनल छनोट खेलअन्तर्गत यूएईले विजयी सुरुवात गरेको छ ।
समूह बी मा रहेको उसले बहराइनरिुद्ध ५ विकेटको फराकिलो जित निकाल्दै यूएईले सुखद सुरुवात गरेको हो । बहराइनले दिएको १३६ रनको सामान्य लक्ष्य यूएईले खेल सकिन १० बल बाँकीछँदै लक्ष्य पूरा गर्यो । यूएईलाई सहज जित दिलाउन अलि नासिरले ४८ रन जोडे २६ बलको सामना गरेका उनले ४ चौका र तीन छक्का हिर्काउँदै ४८ रन थपेपछि यूएईले सहज जित निकालेको हो । त्यस्तै एलिसचन सफारुले २७ रन थप्दा आसिफ खानले २३ रन थपे । बलिङतर्फ बहराइनका रिजवान भुट्टले २ विकेट लिए ।
यसअघि माथिल्लो मूलपानी मैदानमा पहिला ब्याटिङ गरेको बहराइनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३५ रन जोड्न सक्यो । उसका लागि हैदर भुट्टले नटआउट ५९ र सोहिल अहमदले २८ तथा जूनैद अैजारले २५ रन जोड्नबाहेक अन्य ब्याटस्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । ४३ बलको सामना गरेका भुटट्ले ५ चौका र २ छक्का हिर्काएका थिए ।
यसअघि आजै भएको समूह ए को पहिलो खेलमा सिंगापुरमाथि ८ विकेटको रवाफिलो जित निकाल्दै नेपालले पनि सानदार विजयी सुरुवात गरेको छ , सिंगापुरले दिएको १४६ रनको स्कोर नेपालले खेल सकिँन १५ बल बाँकी रहँदै भेट्टाएको थियो ।