Logo

टी-२० विश्वकप छनोटः मलेसिया र कुवेतलाई हराउँदै ओमान र हङकङको विजयी सुरूवात



काठमाडौं,१३ कार्तिक । नेपालमा आजबाट सुरु भएको आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया क्षेत्रको फाइनल खेल अन्तर्गत ओमान र हङकङले विजयी सुरुवात गरेका छन् ।

आज भएको आफ्नो पहिलो खेलमा ओमानले मलेसिया र हङकङले कुवेतलाई हराउँदै सुखद विजयी सुरुवात गरेका हुन् । आजको खेलमा ओमानले मलेसियालाई ३२ रनले पाखा लगाउँदा हङकङले कुवेतलाई १६ रनले हराएको छ ।

माथिल्लो मूलपानी मैदानमा भएको खेलमा हङकङले दिएको १६६ रनको विजयी लक्ष्य पछ्याएको कुवेत निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५० रनमा रोकिएको छ । कप्तान म्होमद अस्लामले ५२ रनको अर्धशतकीय पारी खेलेपनि टिमलाई हारबाट भने जोगाउन सकेनन् । उनले ३९ बलमा ६ चौका र १ छक्कासमेत हिर्काएका थिए । त्यस्तै कुवेतका लागि विल्ला थहिरले ३६ रन थप्दा उस्मान पटेलले २९ रन थपेका थिए । यद्यपि टिमलाई जिताउन उक्त रन प्रयाप्त भने भएन । बलिङतर्फ हङकङका आइजज खानले तीन तथा इसान खान र आयूस सुक्लाले समान २ विकेट लिए ।

उता त्रिवि क्रिकेट मैदानमा ओमानले दिएको १५४ रनको मध्ययम लक्ष्य पछ्याएको मलेसिया पनि १२१ रनमा रोकिएपछि ओमानले ३२ रनको फराकिलो जित हात पारेको छ । ओमानले दिएको १५४ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्रै १२१ रन जोड्न सक्यो । उसका लागि भीरन्दीप सिंहले नटआउट रहँदै ५७ रन जोड्नबाहेक अन्य ब्याटरको ब्याट चल्न सकेन । बलिङतर्फ ओमानका विल्ला खानले २ विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot