Logo

श्रीलंकाद्धारा अफगानिस्तानसामू २४२ रनको विजयी लक्ष्य प्रस्तुत



काठमाडौं, १३ कात्तिक । भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले अफगानिस्तानलाई २४२ रनको मध्यम लक्ष्य दिएको छ ।

पुणेमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९.३ ओभरमा सबै विकेट गुमाएर २४१ रन बनाएको हो । श्रीलंकाका लागि पाथुम निशांकाले सर्वाधिक ४६ रन बनाए । ६० बलको सामना गरेका उनले ५ चौकाको मद्दतमा ४ रन बनाएका हुन् । त्यस्तै कप्तान कुशल मेन्डिसले ३९ रन थप्दा श्रीलंकाको पारीमा सधिरा समराविक्रमले ३६ रन थपे । चरिर्थ आसलंकाले २२ रन जोड्दा महेश थेस्कानाले २९ रन थपेका थिए ।

यस्तै बलिङतर्फ अफगानिस्तानमा फजलहक फारुकीले सर्वाधिक ४ विकेट लिए । मूजीव अररह्मानले २ विकेट लिए ।

२४२ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले ताजा अवस्थामा १२ ओभरमा १ विकेट गुमाएर ५६ रन बनाएको छ । कुनैपनि रन नजोड्दै पहिलो विकेट गुमाएको उसको पारी अहिले इब्रहिम जाद्रान र रम्ताज साहले सम्हालिरहेका छन् उनीहरु क्रमस ३१ र २३ रन बनाएर खेलिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot