Logo

बहराइनले दियो हङकङलाई १४७ रनको विजयी लक्ष्य



काठमाडौं,१४ कार्तिक । आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया क्षेत्रको फाइनल छनोट अन्तर्गत समूह बी को खेलमा बहराइनले हङकङसामू १४७ रनको चूनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।

माथिल्लो मूलपानी मैदानमा टस हारेर पहिला ब्याटिङको निम्ता पाएको बहराइनले १९ दशमलव ३ ओभरमा अलआउट हुँदै १४६ रनमात्र जोड्न सक्यो । उसका लागि इम्रान अलिले ६२ रनको अर्धशतकीय पारी खेले । ४३ बलमा ५ चौका र ३ छक्का हिर्काउँदै उनले उक्त योगफल निर्माण गरेका हुन् । त्यस्तै इम्रान अनरले १५, हैदर भुटट्ले १४ रन थप्दा रिज्वान भुट्टले १३ रन थपे ।

बलिङतर्फ हङकङका नरसुल्ला रानाले ३ विकेट लिए । भने इसान खान, आइजाज खान र यसिम मूर्ताजले समान २ विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot