Logo

नेपाल र ओमान एक खेल अगावै सेमिफाइनलमा प्रवेश



काठमाडौं,१४ कार्तिक । आईसीसी टी-२० क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोट अन्तर्गत समूह चरणको एक खेल अगावै नेपाल र ओमान सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आज भएकोृ समूह चरणको दोस्रो खेलमा जित निकाल्दै नेपाल र ओमान दुबै टिम सेमिफाइनलमा पुगेका हुन् । भने पराजित टिम मलेसिया र सिंगापर एक खेल खेल्न बाँकी रहँदै समूह चरणबाटै बाहिरिने पक्का भएको छ । नेपालले पहिलो खेलमा सिंगापरलाई ८ विकेट र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको हो । भने ओमानले मलेसियालाई ३२ रन र सिंगापरलाई २२ रनले हराएको थियो ।

अब समूह चरणको अन्तिम खेलमा पर्सी नेपाल ओमान आमनेसामने हुनेछन् । जुन खेलको विजेता समूहको विजेता र पराजित टिम उपविजेताको रुपमा सेमिफाइनलमा पूग्नेछन् । समूह ए को विजेताले समूह बी को उपविजेता र समूह ए को उपविजेताले समूह बी को विजेतासँग फाइनल प्रवेशका लागि भिड्नेछन् । भने फाइनलमा स्थान बनाउने टिम अर्को वर्ष अमेरिका र वेष्ट इन्डिजमा हुने टी -२० विश्वकपमा छनोट हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot