Logo

ओमानविरुद्ध कमजोर देखियो नेपाल, गुमायो ५ विकेट



काठमाडौं,१६ कार्तिक । आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया छनोटमा ओमानविरुद्ध नेपालले ५ विकेट गुमाएको छ ।

१४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ११ ओभरको खेल सकिँदासम्म ५ विकेट गुमाएको हो । नेपालले आज ओपनरद्धय आसिफ शेख, कुशल भुर्तेलसँगै कुशल मल्ल, कप्तान रोहित पौडेल र सोमपाल कामीको विकेट गुमाएको हो ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४५ रन जोडेको थियो ।

ताजा अवस्थामा नेपाल १२ ओभरमा ५ विकेट गुमाएर ८० रन बनाएर खेलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot