Logo

विश्वकपमा ठाउँ पक्का गर्न नेपालले भोलि यूएईलाई पाखा लगाउनुपर्ने



काठमाडौं,१६ कार्तिक । आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया छनोटमा ओमानविरुद्ध नेपाल ५ रनको झिनो अन्तरले पराजित भएको छ ।

त्रिवि क्रिकेट मैदानमा १४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४० रन मात्र जोड्न सक्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले २६ र विवेक यादवले ३९ रन बनाउन बाहेक अन्य ब्याटरको ब्याट चल्न सकेन् ।

कुनै समय ८३ रनमै सात विकेट गुमाएको नेपाललाई विवेक यादवले खेलमा फर्काउने प्रयाश गरेका थिए । विवेकले अन्तिम ओभरको सुरुवातका ३ बलमा लगातार छक्का हानेर जिततर्फ डोहोरयाएका थिए । तर चौथो बलमा वाउण्डी प्रहार गर्न खोज्दा उनको विकेट जान पुग्यो । उनले समग्रमा २४ बलमा ५ छक्का हिर्काउँदै ३९ रन जोडेका थिए ।

विवेकका अलवा नेपालका लागि कुशल भुर्तेलले २६, करण केसीले १५, सन्दीप जोरा, राहित पौडेल र सोमपाल कामीले समान १२ रन जोडेका थिए । बलिङतर्फ ओमानका बिल्लान खानले ३ तथा, साकेल अह्मद, र जिसन मक्सुदले समान २ विकेट लिए ।

ओमानसँग हारेसँगै नेपाल समूह उपविजेताबन्दै समेफाइनलमा प्रवेश गरेको छ । नेपालले अब फाइनल प्रवेशका लागि भोलि युएईसँग खेल्नेछ । यूएईलाई हराउन सके नेपाल अर्को वर्ष हुने टी २० विश्वकपमा छनोट हुनेछ ।

यूएईले आज भएको समूह बी को अन्तिम खेलमा हङकङलाई २२ रनले हराएको यूएई र नेपालबीच भोलि सेमिफाइनलको खेल हुनेछ । समूह बी को विजेताको रुपमा यूएई र समूह ए को उपविजेताको रुपमा नेपाल सेमिफाइनलमा पुगेका हुन् ।

पछिल्लो समय लयमा रहेका दुबै टिमलाई विश्वकपमा छनोट हुने टिमको रुपमा हेरिएको छ । गत हप्ता नेपालमा सम्पन्न त्रिदेशिय सिरिजको उपाधि जितेको यूएई उच्च लयमा रहेको छ । भने घरेलु दर्शकको साथ पाएको नेपाल पनि उच्च मनोवलका साथ मैदान उत्रिँदैछ । भोलि यूएईलाई पाखा लगाउन सके नेपालले सन् २०२४ मा अमेरिका र वेष्ट इण्डिजले सयुक्तरुपमा आयोजना गर्ने टी-२० विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot