काठमाडौं, कात्तिक १७ । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सर्वोच्च अदालतको हिजोको फैसला प्रशंसनीय रहेको बताएका छन् ।
ुअहिलेको सरकारले मात्र होइन, हिजोका सरकारहरूले पनि घुस खाएर वा नखाएर, जानेर वा नजानेर यसै गरी अपराधीहरूलाई छुटाउँदै आएका थिए । यो विडम्बना थियो । सर्वोच्चको फैसला प्रशंसनीय छ । यसले सरकारलाई सचेत बनाएको छु, नेपाली रेडियो नेटवर्ककोनेपाली बहसझ का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
अर्को प्रसंगमा बिडारीले १८० दिनमा संसद्ले एउटा विधेयक पनि पारित गर्न नसक्नु लाजमर्दो विषय भएको टिप्पणी गरे । उनले थपे, ‘सरकारले ल्याएको विधेयक सांसदहरूले पढ्दै पढ्दैनन् । ब्युरोक्रेसीले बाँदर खेलाए जस्तै खेलाउँछ । ९० प्रतिशत सांस जागिरे भए । कुनै पेसा, व्यवसाय गर्न नसक्ने हुतिबुद्धि र क्षमता नभएका छन् । विनोद चौधरीजस्ता १० प्रतिशत सांसद आफ्नै उद्यम, व्यवसायको संरक्षणमा लागेका छन् । देश र जनताको हितमा लाग्ने सांसद विरलै छन् ।’
बिडारीले आफू सांसद हुँदा जनताको आवाज उठाउँदा सांसदहरूले नै प्रतिशोध साँधेको आरोप लगाए । जनयुद्ध दिवसलाई हिंस्रक दिवस भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफैं हिंस्रक भएको उनको आरोप छ । जनयुद्ध दिवस महाभारतको धर्मयुद्धजस्तै भएको उनको जिकिर छ ।
बिडारीले थपे, ‘जनयुद्धलाई हिंस्रक भन्ने हो भने राम र कृष्णलाई पनि अपराधी भन्नुपर्ने हुन्छ । हनुमानजीलाई पनि आतंककारी भन्नुपर्ने हुन्छ । महाभारत युद्धमा लाखौं मानिस मारिएको हो कि होइन रु जनयुद्ध पनि जनअधिकारका लडिएको धर्मयुद्ध हो ।’