Logo

यूएईविरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरी प्लेइङ ११ मा



काठमाडौं,१७ कार्तिक । टी–२० विश्वकप क्वालिफायरको सेमिफाइनलमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी टोलीमा फर्केका छन् । उनले चोटका कारण समूहचरणका सबै खेल गुमाएका थिए ।

मध्येक्रमका ब्याट्सम्यान सन्दीप जोराको स्थानमा दीपेन्द्रलाई समावेश गरिएको हो । हिजोको म्याचमा उत्कृष्ट प्रदर्शन गरेका विवेक यादव आज पनि प्लेइङ ११ मा छन् । नेपालले टीममा अरु कुनै परिवर्तन गरेको छैन । स्पिनर ललितनारायण राजवंशीलाई सेमिफाइनलमा पनि बाहिरै राखिएको छ ।

आजको खेलको विजेताले आगामी वर्ष वेष्ट इण्डिज र अमेरिकामा हुने टी-२० विश्वकपमा स्थान पक्का गर्नेछ ।

नेपालले सन् २०१४ पछि विश्वकप खेल्ने योजनामा मैदान उत्रदैछ। यसअघि सन् २०२२ फेब्रुअरीमा यूएईकै घरेलु मैदानमा यूएईसँगै पराजित हुँदा नेपालको विश्वकप खेल्ने सपना अधुरै रहेको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot