Logo

भारतीय प्रधानमन्त्री मोदीद्वारा जाजरकोट भूकम्पप्रति दुःख व्यक्त, भने-हरसम्भव सहयोग गर्न तयार



काठमाडौं, कार्तिक १८ । भारती प्रधानमन्त्री नरेन्द्र मोदी जाजरकोटमा गएको भूकम्पको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

उनले समाजिक सञ्जाल ट्विटरमार्फत भारत नेपाली जनताको दुःखको बेला साथमा रहेको बताउँदै हरसम्भव सहयोग गर्ने तयार रहेको जनाएका छन् ।

प्रधानमन्त्री मोदीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

जाजरकोटकोको बारेकोट केन्द्रविन्दु भएर शुक्रबार राति ६।४ म्याग्निच्युडको भूकम्प जाँदा १२८ बढीको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot