Logo

कप्तानको जिम्मेवारीबाट हटेपनि राष्ट्रिय टिममा मेरो योगदान निरन्तर रहनेछः रुविना क्षेत्री



काठमाडौं,२४ कार्तिक । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीले टिममा आफ्नो योगदान निरन्तर रहने बताएकी छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार हङकङमा हुने चारदेशीय श्रृंखलाका लागि टिम घोषणा गर्दा विगत ११ वर्षदेखि निरन्तर कप्तान रहेकी रुबिनालाई हटाउँदै इन्दु बर्मालाई नयाँ कप्तान नियुक्त गरेको थियो । यसबारे रुबिनाले सामाजिक संजालमा आफ्नो धारणा सार्वजनिक गर्दै सिनियर खेलाडीको रूपमा टिममा योगदान निरन्तर रहने प्रतिवद्धता जनाएकी छन् ।

‘विगत ११ वर्षदेखि अनवरत रूपमा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको नेतृत्व गर्ने अवसर प्रदान गर्नु हुने नेपाल क्रिकेट संघ, यो यात्रामा साथ दिने सम्पूर्ण महिला क्रिकेट खेलाडीहरू, समर्थक, मिडियाकर्मी, शुभचिन्तकप्रति म हार्दिक आभार व्यक्त गर्दछु । मेरो हौसलामा कमी आउन नदिन लगातार फोन, म्यासेज गर्नु हुने परिवार, साथीभाई र शुभचिन्तकप्रति कृतज्ञ छु । तपाईं सम्पूर्णको साथ सहयोग आगामी दिनमा समेत निरन्तर प्राप्त गर्नेछु भन्नेमा विश्वस्त छु,’ रुबिनाले भनेकी छन्,‘राष्ट्रिय महिला क्रिकेट टिमको सिनियर खेलाडीको रूपमा मेरो योगदान टिमलाई निरन्तर रहनेछ । नवनियुक्त महिला राष्ट्रिय क्रिकेट टिमकी कप्तान इन्दु बर्मा र उप–कप्तान विन्दु रावललाई हार्दिक बधाई व्यक्त गर्दछु ।’

क्यानले बिहीबार घोषणा गरेको खेलाडीहरुको सूचीमा इन्दू वर्मा (कप्तान), विन्दू रावल (उपकप्तान), रुविना क्षेत्री, सीता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, सोमु बिष्ट, पूजा महतो, रोमा थापा, संगिता राई, खुसी डंगोल, सम्झना खड्का र सोनी पाख्रिन रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot