काठमाण्डौं, कार्तिक २६ । तिहार नजिकिँदै गर्दा बजारमा चहलपहल बढेको छ । काठमाण्डौको मुख्य बजार असन, इन्द्रचोक, मख्खन चोकमा अझ बढी चहलपहल देख्न सकिन्छ । तिहारका लागि चाहिने सामान किन्नेदेखि बजार हेर्न आउने मानिसको भिडले हिँडिसक्नु छैन ।
सडकदेखि पसल, घरसम्म झकिझकाउ र झिलिमिली पार्ने काम बढ्दैछ । बजारमा भाइ मसला, विभिन्न रंग, फूलमाला, कपडासम्मको रौनकले थप चहलपहल बढेको छ । तिहारमा टीका लाउनरलगाउन जानेहरुले त सप्तरंगी टीकादेखि भाइ मसलासम्म किन्न भ्याइसके ।
चहलपहल बढे पनि व्यापारीहरु भने पहिले वर्षको तिहारको तुलनामा त्यति व्यापार नभएको गुनासो गर्छन् । केहीलाई छोडेर धेरै व्यापारीहरुले व्यापार केही घटेको बताए । बर्सेनि व्यापार गर्नेको संख्या बढेको र फुटपाथको व्यापारले पसल गरेर व्यापार गर्नेलाई असर परेको व्यापारी बताउँछन् ।
फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल